Tune to BFM 91.2|Biratnagar

कर्मचारी र मजदुरमा कोरोना पुष्टिपछि आरती स्ट्रिप्स बन्द

विराटनगर, २५ साउन । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स उद्योग बन्द गरिएको छ ।

उद्योगमा कार्यरत कर्मचारी र मजदुर लगायत १२ जनामा कोरोना सङ्क्रमण पाइएपछि उद्योग बन्द गरिएको आरतीका महाप्रबन्धक अश्विनी शर्माले बताउनुभयो ।

आरतीले कर्कट पाता र टिएमटी छडको उत्पादन गर्दै आएको छ । ‘उद्योग त्यसै पनि ३० प्रतिशत क्षमतामा चलिरहेको थियो’, महाप्रबन्धक शर्माले भन्नुभयोे, ‘कर्मचारी र मजदुरमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आजदेखि पूरै उत्पादन बन्द गरिएको छ ।’ शर्मा भन्नुभयोे, ‘मजदुर र कर्मचारीको पिसिआर टेस्ट उद्योगकै खर्चमा भएको छ ।

उद्योगकै परिसरमा आइसोलेसन बनाएर सबै बिरामीलाई यहीँ राखिएको छ ।’ उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार विराटनगर महानगरपालिका क्षेत्रका सबै उद्योग बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button