कांग्रेसका दुई वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस

0
22

सोलुखुम्बु, २२ असोज । आन्तरिक विवादमा रहेको सोलुखुम्बु कांग्रेसका दुई वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्व पार्टी सभापति आङगेलु शेर्पा र समानुपातिकतर्फ केन्द्रीय सदस्यमा बलबहादुर केसीको नाम पठाएको छ । सभापति कृष्णप्रसाद निरौलाले दर्ता गराएको सूचिमा प्रतिनिधि सभाको समानुपातिकमा केसीका अतिरिक्त केशरबाबु थुलुङ, रामबादुर बस्नेत, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, छत्रध्वज बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला नाछिरिङ, धर्मबहादुर नेपाली र टंकिमाया बस्नेतको नाम सिफारिस गरेको छ । प्रदेश सभाको १ नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ कृष्णप्रसाद निरौला, प्रकाशसिंह कार्की र सूर्य कुलुङको नाम केन्द्रमा पठाईएको छ भने समानुपातिकतर्फ गणेश बस्नेत, दुर्गाप्रसाद दर्जी, कृष्ण कट्टेल, शंकर कार्की र गीता गुरुङको नाम सर्वसम्मत छनौट गरिएको छ । प्रदेश सभाकै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ मनोज खड्का, कर्मा शेर्पा र मंगलसिंह तामाङको नाम चयन गरिएको छ भने समानुपातिकतर्फ डोल्मा तामाङ, राजन बस्नेत, कर्ण विश्वकर्मा र साङ्गा राईको नाम पठाईएको कार्यबाहक सभापति निरौलाले बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी पक्षको नेपाली कांग्रेस जिल्ला समिति सोलुखुम्बुले पनि प्रदेश तथा प्रतिनिधि सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ बलबहादुर केसीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनौट गरिएको छ । प्रदेश सभाको लागि १ नम्बर क्षेत्र प्रत्यक्षका लागि विनोदकुमार बस्नेत, धनजन राई र समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राई लगायतको नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिनुभयो । त्यस्तै प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पा लगायतको नाम पठाएको राईले बताउनु भयो । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर, भोजराज कार्की लगायतको नाम पठाइएको छ ।बैठकले स्थानीय तहको चुनावमा बागी उम्मेदवार दिएका, प्रस्तावक र समर्थकलाई थप कार्बाहीका लागि केन्द्रीय अनुसाशन समितिलाई सिफारिस गर्ने समेत निर्णय गरेको छ । पूर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राईको समूहले पनि छुट्टै सिफारिस गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here