कांग्रेसको पक्षमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद ज्ञापन

0
420

विराटनगर, पौष ५
हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पक्षमा मतदान गर्ने मतदाताहरुलाई मोरङ कांग्रेसले धन्यवाद दिएको छ । जिल्ला पार्टी कार्यालयमा बुधबार भएको बैठकले कांग्रेसको पक्षमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको हो । बैठकले मोरङका सबै क्षेत्र र प्रदेशका नवनिर्वाचित सांसदहरुलाई बधाईसमेत दिएको छ । निर्वाचनमा समानुपातिकमा पहिलो भए पनि प्रत्यक्षमा हार व्यहोरेको विषयमा समेत समीक्षा भएको मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले जानकारी दिनुभयो । गाउँ, नगर, वडा र क्षेत्रीयस्तरबाट आएको प्रतिवेदनका विषयमा गम्भीर समीक्षा गरी केन्द्रमा पठाइने उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here