कांग्रेसले गरायो पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर १६ असार । नेपाली कांग्रेसले क्वारेन्टाइनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले आज बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टाइनहरु नै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले जानकारी दिनुभयो ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताउनुभयो । आगामी अगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडि बढ्ने भन्ने विषयमा तयारी भइरहेको स्वास्थ्य मन्त्री ढकालले बताउनुभयो ।

’स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण गराउन डा. महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भन्डारी, गगन कुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी स्वास्थ्य मन्त्रालय पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button