कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको् ः मन्त्री प्रधान

0
33

काठमाडौं, २४ पुस । रक्षामन्त्री भिमसेनदास प्रधानले कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन । खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा मन्त्री प्रधानले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने अभिमत दिएकाले कांग्रेस सरकार बनाउने खेलमा नलागेको बताएका हुन । उनले बाम गठबन्धनको कारण मात्र कांग्रेस निर्वाचनमा पराजित भएको उल्लेख गरे । मन्त्री प्रधानले कांग्रेसलाई लोकतन्त्र प्रती चिन्ता गर्नेहरुले बचाउने भन्दै नेतृत्वले भने जनमतको कदर गर्न सक्नु पर्ने तर्फ सोच्नु पर्ने धारणा राखे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here