कांग्रेस र माओवादीले आज समानुपातिक सूची बुझाउने अन्तिम दिन

0
189

काठमाडौं, २९ माघ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन आयोगका एक अधिकारीले भने ‘सूची बुझाउने आज अन्तिम दिन हो, क्लस्टर मिलेर आयो भने आइहाल्यो, मिलेर आएन भने फेरि सूची सच्याउन दलहरुलाई समय दिनुपर्ने हुन्छ,’ नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ । सांसदहरुको नामावली बुझाउन बाँकी दलहरु आज बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ । यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here