कारको ठक्करबाट बालिका घाइते

0
71

विराटनगर, २५ साउन । मोरङको ग्रामथान गाउँपालिका ५ स्थित विराटचौक–विराटनगर सडक खण्डमा गयराति कारको ठक्करबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा ग्रामथान गाउँपलिका ५ तेतरीया का प्रकाश माझीकी छोरी ८ वर्षीय प्रतीक्षा माझी रहेको प्रहरीले जनाएको छ । बालिकालाई बा ११ च ६७२६ नम्बरको कारले राति पौने ९ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट घाइते बालिकाकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ । दुर्घटनामा कारका चालक विराटनगर २ का ३५ वर्षीय चिरन्जिबि तिमल्सिना समेत सामान्य घाइते हुनु भएको छ । उहाँको विराट नर्सिङ होममा उपचार भइरेको छ । त्यस्तै मोरङकै बुढीगंगा गाउँपालिका ३ स्थित कमला आईरन फ्याक्ट्री नजिकै को १० प ८८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । भारत हरियाना घर भई हाल कमला आईरन फ्याक्ट्रीमा काम गर्ने कामदार ५५ वर्षीय मुक्तासिंह राना घाइते भएका छन् । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here