Tune to BFM 91.2|Biratnagar

कार्तिक स्नान आजबाट शुरु

विराटनगर १५ कार्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल पूणर्िमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएकोछ ।आश्विन शुक्ल पूणर्िमादेखि कार्तिक शुक्ल पूणर्िमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।आश्विन शुक्ल पूणर्िमादेखि कार्तिक शुक्ल पूणर्िमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।आश्विन शुक्ल पूणर्िमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूणर्िमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल पूणर्िमाकै दिन मनाइने कोजाग्रत पूणर्िमा भने गए राति नै मनाइएको छ ।

मध्यरातमा पूणर्िमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूणर्िमा भएका दिन पूणर्िमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाआरधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष गौतमले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button