Tune to BFM 91.2|Biratnagar

कार्यकक्षमै विष सेवन गरेर आत्महत्या

विराटनगर, २० साउन । सनराईज बैंक विराटनगरको कर्जा शाखाकी वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष सेवन गरेर आत्महत्या गरेकी छन् ।

विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको विषयमा प्रहरी अनुसन्धान सुरु भएको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

उनको ब्यागमा सुसाइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button