कार्यकर्ता हत्याको विरोधमा युवा संघद्वारा आज रुपन्देही बन्द

0
32

रुपन्देही, पुस २२ – आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले आज रुपन्देही बन्द गरेको छ । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । बजार खुलेको छैन । रुपन्देही देवदह खैरेनीका ४० वर्षे बसन्त पौडेल बलु लाई देवदह–२ ढेकारमा रहेको आफनो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला हिजो बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गर्दै युवा संघले बन्दको आह्वान गरेको अध्यक्ष नहकुल शाहीले जानकारी दिनुभयो । पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नम्बर १ का एमाले अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुनुहुन्छ । घटना भए लगत्तै गुण्डा नाइके भन्दै प्रहरीले खोजीरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । गएको वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको देवदह मै गोली हानी हत्या गरिएको थियो । हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजीमा प्रहरी सकृय रुपमा लागि रहेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here