किमसँग शन्तिका लागि वार्ता गर्न लागिएको होः राष्ट्रपति ट्रम्प

0
38

काठमाडौं, जेठ २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तिका लागि ‘वन–टाइम सट’ रहेको बताएका छन् ।ट्रम्प र किमबीच पर्सी जुन १२ मा सिंगापुरमा पहिलो पटक ऐतिहासिक वार्ता हुँदैछ । ट्रम्पले आसन्न वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् ।विश्वासको हिसाबले दुबै जना अहिले अनभिज्ञ रहेको पनि ट्रम्पले उल्लेख गरे ।ट्रम्प क्यानडामा भएको जी सेभेन सम्मेलनपछि किमसँग वार्ताका लागि सिंगापुर पुग्दै छन् ।ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप हुने बताएको हो ।उत्तर कोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा रहेको ह्वाइट हाउसको भनाइ छ ।पछिल्लो १८ महिना उतारचढावपूर्ण सम्बन्ध ब्यहोरेका ट्रम्प र किम अहिले आएर वार्ता गर्न तयार भएका हुन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here