किसुनजी’ को ९४ औँ जन्मजयन्ती

0
338

काठमाडौं पुस ८,
नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औँ जन्मजयन्ती काँग्रेस एवं उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरि आज मनाउँदैछन् । स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली भएका सन्तनेता र निस्स्वार्थी राजनीतिज्ञको रुपमा काँग्रेस र अन्य पार्टीले समेत स्मरण गर्ने गरेका छन् । जन्मजययन्तीको अवसरमा ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने काँग्रेस नेता रामहरि खतिवडाले जानकारी दिनुभयो । यस्तै नेपाल बिद्यार्थी संघ लगायत का अन्य काँग्रेसका भ्रातृ संगठनहरुले छलफल एवं दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेका छन् । यद्यपी नेपाली काँग्रेसले भने आज कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here