Tune to BFM 91.2|Biratnagar

कुरुवा र स्वास्थ्यकर्मीलाई खाना वितरण

विराटनगर, २५ चैत । प्रदेश १ मा नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीको पहलमा कोशी अस्पतालमा बिरामी र तिनका परिवारलाई साँझको खाना खुवाउन शुरु गरिएको छ । अस्पतालमा उपचार गराउन भर्ना भएका बिरामी र तिनका परिवारलाई सांसद कार्कीको पहलमा हिजोबाट खाना खुवाउन थालिएको हो ।

सांसद कार्कीका अनुसार कोरोना रोग जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य रोगको उपचारमा आई भर्ना भएका बिरामी र कुरुवा आफन्त समस्यामा परेका छन् । खाना खुवाउने अभियानमा नेपाली काँग्रेस मोरङ र तरुण दल विराटनगरले पनि साथ दिएका छन् ।

तरुण दलका जिल्ला अध्यक्ष संजय थापा, उपाध्यक्ष खेम थापा, कोषाध्यक्ष अनिल रिजाल, विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्की, लगायतले सहयोग गरेका छन् ।

पहिलो दिन अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई पनि प्याक गरिएको खाना वितरण गरिएको सांसद कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button