Tune to BFM 91.2|Biratnagar

कृषि बिमा प्रभावकारी भएन

विराटनगर , १२ चैत । व्यावसायिक रुपमा कृषि पेशा अँगालेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति प्रभावकारी हुन सकेको छैन ।

मोरङका अधिकांश कृषकले बाली बिमामा सहभागिता नजनाउँदा बालीनालीमा पुगेको नोक्सानीको क्षतिपूर्ति हुन सकिरहेको छैन । कृषि पेशा अगाँलेकालाई बाली बिमामा ७५ प्रतिशत अनुदान दिने सरकारी नीति लागू भएको ६ वर्ष पूरा भइसकेको छ । सो बिमा गरेका किसानले क्षतिपूर्ति बापत ९० प्रतिशतसम्म राहत पाउँछन् ।

तर बिमासम्बन्धी कृषकलाई पर्याप्त जानकारी नहुनु तथा सहभागिता नै नजनाउँदा कृषिबाट हुने क्षतिको जोखिम कायमै छ । सरकारले पशुधन बिमा, पन्छी बिमा, बाली बिमा र माछामा बिमा योजना अघि सारेको छ । अन्य योजनामा किसानको सहभागिता भए पनि बाली बिमामा किसानहरुको सहभागिता अहिलेसम्म शुन्यको स्थिति छ ।

मोरङमा व्यक्तिगत तहबाट त्यसैगरी समूह बनाएर सहकारीको माध्यमबाट ठूलो मात्रामा तरकारी खेती समेत हुँदै आएको छ । सरकारले ल्याएको बाली बिमामा किसानहरुको सहभागिता नहुँदा वर्षेनी सरकारले बाली बिमाका लागि छुटाएको करोडौं रुपैयाँ फ्रिज भएर जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button