On Air BFM 91.2|Biratnagar

केशव स्थापितको हार निश्चित भएपछि रश्मिला प्रजापति भन्छिन् । ‘धन्यवाद काठमाडौं’

विराटनगर , ११ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितमाथि यौन दुराचारको आरोप लगाएकी रश्मिला प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको छ ।

काठमाडौं महानगरको प्रमुखमा स्थापितको हार पक्का भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको हो ।

काठमाडौं निकै सचेत भएको बताउँदै उहाँले यसले आफूमाथि हस्तक्षेप भएको नसहने बताउनुभयो ।
स्थापितको हारलाई उहाँले काठमाडौंको मतदाताको विवेक र दुव्र्यवहारविरुद्धको दरिलो आन्दोलनको रुपमा लिनुभएको छ ।

२५ वर्षपछि काठमाडौं महानगरपालिका परिवर्तनउन्मुख भएको बताउँदै उहाँले मेयरमा विजयीउन्मुख स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिनुभएको छ । २५ वर्षअघि मेयर हुँदा केशव स्थापितले आफूलाई यौन दुराचार गरेको र यौनसम्बन्धको प्रस्ताव नमान्दा जागिरबाट निकालेको आरोप लगाउँदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button