कैदीबन्दीका लागि शुद्ध पिउने पानीको ब्यवस्था गरिदिने

0
196

विराटनगर, १ फागुन । विराटनगर महानगरपालिकाले मोरङ कारागारका कैदीबन्दीका लागि शुद्ध पिउने पानीको ब्यवस्था गरिदिने भएको छ ।विराटनगरस्थित कारागार परिसरमा आज आयोजित गणेश मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सो घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै मोरङ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले शुद्ध पानीको अभावमा कैदीबन्दीहरुले विभिन्न रोगको सामना गर्नुपरिरहेको समस्या राखेपछि महानगर प्रमुखले सो घोषणा गर्नुभएको हो । महानगर प्रमुख महानगरपालिकाले कारागार परिसरमा शुद्ध पानीका लागि ५ लाखको बजेट बिनियोजन गरिदिने आश्वासन दिनुभयो ।कारागारका चौकीदार अभिषेक गिरिले कारागारभित्र समुचित पानीको ब्यवस्था नभएकाले कैदीबन्दीले सास्ती खेप्नु परेको बताउनुभयो । महानगर प्रमुख पराजुलीले कारागार परिसरभित्र आजै गणेश मन्दिरको शिलान्यास भएको थियो । साढे ५ लाखको लागतमा निर्माण गरिने सो मन्दिरका लागि कैदी बन्दीहरुले आफआफुबीच नै रकम संकलन गरेको चौकीदार गिरिले जानकारी दिनुभयो । हाल सो कारागारमा ७ सय ४९ पुरुष कैदीबन्दी छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here