Tune to BFM 91.2|Biratnagar

कैलालीमा एक महिलामा कोरोनाको संक्रमण

काठमाण्डौ १ बैशाख । क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।

र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहाका प्रमुख महादेव बजगाईंले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ।

प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली पुगेकी थिइन्। । उनीसहित १७ जनाको टोलीलार्ई यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट हिजो साँझ घर पठाइएको थियो ।

तर आज बिहान उनको रिपोर्ट पोजिटिभ देखिएको खबर आएको प्रमुख बजगाईंले बताउनुभयो । ‘पोजिटिभको खबर आएपछि बाँकीलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ । अरु कसैमा पनि लक्षण नदेखिएको बताइएकोछ ।

अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिइरहेका छौं,’ उहाले भन्नुभयो । यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button