Tune to BFM 91.2|Biratnagar

कोइरालाको ८१ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन

विराटनगर, २९ साउन । नेपाल विद्यार्थी संघ मोरङले विराटनगरमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८१ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन गरिएको नेविसंघ जिल्ला अध्यक्ष देवचन्द्र घिमिरेले बताउनुभयो ।


नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन समन्वय विभागका सदस्य जनार्दन निरौला, तरुण दलका पूर्व केन्द्रीय सदस्य उद्धव कोइराला, गोग्राहा उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष सुनिल पौडेललगायतले संयुक्त रुपमा दीप प्रज्वलन गर्नुभएको थियो ।


कार्यक्रममा नेपाल तरुण दलका महानगर सभापति सन्तोष न्यौपाने, उपसभापति सञ्जीव चापागाईं, युवा नेता प्रवीण खड्का, नेपाल विद्यार्थी संघ मोरङका सचिव दिपेन रौनियार, पुसेट क्याम्पस इकाईका कार्यवाहक सभापति अंकित भट्टराई, आदर्श उच्च मावि इकाई सभापति राज पोख्रेल लगायतको उपस्थित रहेको थियो ।


कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम उच्च भएकाले सिमित व्यक्तिको उपस्थितिमा मात्रै कार्यक्रम गरिएको नेविसंघ जिल्ला अध्यक्ष देवचन्द्र घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button