Tune to BFM 91.2|Biratnagar

कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना डिस्चार्ज भए

विराटनगर, २ जेठ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना हिजो डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् ।सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । हिजो डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको कोभिड अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button