कोभिड–१९ को महामारी युरोपभरी

बिराटनगर ५ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले समग्र युरोपभरी फैलिएको छ । चीनबाट फैलिएको यो भाइरसको कारण अहिले युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिइरहेको छ । साथै नयाँ मृत्यु हुनेमा पनि युरोप अगाडि छ ।

हिजो मात्रै विश्वभर कोभिड–१९ का १५ हजाभन्दा बढी नयाँ संक्रमित देखिएका छन् ।यसमध्ये करिब ११ हजार नयाँ संक्रमण युरोपमा देखिएको बताईएको छ भने ५ सय बढीको मृत्यु भएको छ । चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५सय कटिसकेको छ ।

हिजो एकै दिन इटालीमा यो भाइरसको कारण ३४५ जनाको ज्यान गएको बताईएको छ ।त्यस्तै, यूरोपको दोस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा पनि अहिले यो भाइरसको कारण मृत्यु हुनेको संख्या ५सय ३३ पुगिसकेको छ । हिजो मात्र स्पेनमा १ हजार ८०० भन्दा धेरै नयाँ संक्रमित देखिएका थिए ।

त्यस्तै जर्मनीमा पनि हिजो मात्रै करिब २ हजार १ सय मानिस नयाँ संक्रमित देखिएका छन् । हिजो कोरोना भाइरसको कारण जर्मनीमा नौ जनाले ज्यान गुमाएका थिए । युरोपमा कोभिड–१९ को प्रकोप र त्रास दिनदिनै बढिरहेको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएका छन् ।त्यस्तै यो भाइरसको कारण धराशयी बनेको अर्थतन्त्रमा सुधारको लागि भन्दै बेलायतले ४ खर्ब डलरको सहुलियत ऋणको योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button