कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो
विराटनगर, ४ वैशाख । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संसारभर संक्रमितको संख्या २० लाख ७७ हजार कटेको हो ।
आज विहान सम्म कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने १ लाख ३४ हजार ३ सय ७५ पुगेको छ । ५ लाख ९ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख ४३ हजार नाघेको छ ।
कोरोनाबाट अमेरिकामा २८ हजार ५ सय ६ भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।
त्यहाँ संक्रमितको संख्या एक लाख ६५ हजार १ सय ५५ पुगेको छ । बेलायतमा १२ हजार ८ सयभन्दा बढीको मृत्यु हुँदा करिब ९८ हजार संक्रमित भएका छन् । स्पेनमा १८ हजार ७ सय बढिको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७७ हजार नाघेको छ । फ्रान्समा १७ हजार १ सय ६७ जनाको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।
यसैगरी इरानमा ४ हजार ७ सय ७७, बेल्जियममा ४ हजार ४ सय ४०, जर्मनीमा ३ हजार ८ सय ४, चीनमा ३ हजार ३ सय ४२, नेदरल्याड्समा १ हजार १ सय ३४, ब्राजिलमा १ हजार ७ सय ५७, स्वीडेनमा १ हजार २ सय ३ जनाको मृत्यु भएको छ । यसैबीच भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ५ पुगेको छ । संक्रमित हुनेको संख्या पनि १२ हजार ३ सय २२ पुगेको छ ।