Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार

विराटनगर २ बैशाख । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार आज विहान सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५ सय ८७ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर १९ लाख २३ हजार २ सय ८० पुगेको छ । संक्रमित मध्ये साढे ५१ हजार ७ सय गंभीर अबस्थामा छन् । संक्रमितमध्ये ४ लाख ४३ हजार ८ सय ८६ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ८६ हजार ३ सय ३७ जना संक्रमित हुँदा २३ हजार ६ सय १० जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ७० हजार ९९ जना संक्रमित हुँदा १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय ५६ पुगेको छ ।

त्यहाँ २० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ३६ हजार ७ सय ७९ जना संक्रमित हुँदा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३० हजार ७२ जना संक्रमित भएका छन् । ३ हजार १ सय ९४ जनाको मृत्यु भएको छ । बेलायतमा ८८ हजार ६ सय २१ जना संक्रमित छन् भने ११ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

भारतमा १० हजार ५ सय ५३ जना संक्रमित हुँदा ३ सय ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुग्दा ९३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button