Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर २ लाख ६५ हजार ६ सय ६८ जनाको मृत्यु

विराटनगर, २५ वैशाख । कोरोना महामारीका कारण विश्वभर २ लाख ६५ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ । आज साँझ सम्म ३८ लाख ४३ हजार ५ सय २४ जना संक्रमितमध्ये १३ लाख १४ हजार ५ सय ८६ जना उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ७ सय ८७ जना पुगेको छ । संक्रमितमध्ये १५ हजार ३ सय ३१ जना उपचारपछि निको भएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित छन् । यस्तै पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा ७४ हजार ८ सय ९ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १२ लाख ६३ हजार नाघेको छ । इटालीमा २ लाख १४ हजार बढी संक्रमितमध्ये २९ हजार ६ सय ८४ जनाकोे मृत्यु भएको छ । स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ कोेरोना संक्रमितमध्ये २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख १ हजार नाघ्दा ३० हजार बढीको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७४ हजार नाघेको छ । जसमध्ये २५ हजार ८ सय बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ६८ हजार बढी संक्रमितमध्ये ७ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २४ हजार ७३ जना कोरोना संक्रमित हुँदा ५ सय ६४ को मृत्यु भएको छ ।

बंगलादेशमा ११ हजार ७ सय १९ जना संक्रमित हुँदा १ सय ८६ जनाको मृत्यु भएको छ । यसैवीच विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन)ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button