कोरोनाको कारण पशुपतिनगर नाका आज देखि बन्द

इलाम, १ चैत भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरसको कारण देखाउँदै नेपाल–भारत सीमास्थित पशुपतिनगर आज देखि बन्द गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै आज बिहान देखि नाका बन्द गरेको हो । नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नाका बन्द भएपछि स्थानीय नागरिकहरु फाटफुट हिंडडुल गरेपनि टाढाबाट आउने नागरिकको आवतजावत बन्द भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक रमेश राईले बताउनु भयो ।

कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर गतसाता देखि मानिसको तापक्रम जाँच गरिरहेका छन् ।

हेल्प डेस्कका लागि ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सूर्याेदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पुर्याउन एम्बुलेन्ससमेत तयार रहेको बताउनु भयो ।

पशुपतिनगरमा अहिलेसम्म साढे ६ हजार हाराहारीको तापक्रम जाँच गर्दा कसैको पनि शंकास्पद भेटिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button