कोरोनाबाट नेपालमा ७९ जनाको मृत्यु, २३ हजार संक्रमित

विराटनगर, १६ साउन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । आज ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

आज १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन ।

मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button