Tune to BFM 91.2|Biratnagar

कोरोना उपचार केन्द्रमा १२ जना संक्रमित भर्ना

विराटनगर, ६ वैशाख । विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा १२ जना कोरोना संक्रमित भर्ना भएका छन । कारोना संक्रमित ती विरामीहरुलाई उदयपुरबाट गएराति एम्बुलेन्सबाट विराटनगर ल्याइएको हो ।

त्रियुगा नगरपालिका–३ भुल्केस्थित एक मस्जिदमा बस्दै आएका उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि विराटनगर ल्याइएको हो । र्यापिड टेस्टमा कोरोना नेगेटिभ आएपनि थ्रोट स्वाबबाट गरिएको पिसिआर परीक्षणमा उनीहरुमा प्रिजम्टिभ पोजेटिभ देखिएको जनाइएको छ ।

उनीहरुको विराटनगर १० स्थित नेशनल टे«डिङ परिसरमा हालै निर्माण गरिएको कोरोना उपचार केन्द्रमा उपचार भइरहेको कोशी अस्पताल कोरोना उपचार ब्यवस्थापन समितिका संयोजक डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

विराटनगर ल्याइएका विरामीहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएपनि अवस्था खासै चिन्ताजनक नरहेको उहाँले जानकारी दिनुभयो । विरामीहरुमा देखिएको लक्षणका आधारमा उनीहरुको उपचार भइरहेको यादवले बताउनुभयो ।

विराटनगर ल्याइएका संक्रमितहरु सबै पुरुष हुन् र उनीहरु ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् । विरामीहरुमध्ये एक नेपाली र ११ जना भारतीय रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button