कोरोना नियन्त्रणका लागि महानगर प्रमुख भीम पराजुलीसँग छलफल

विराटनगर, १८ साउन । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले गरेको लकडाउन प्रभावकारी नभएको गुनासो गरिएको छ । लकडाउनलाई प्रभावकारी बनाउन उनीहरुले सुझाव दिएका छन् ।

कोभिड १९ को प्रभाव न्युनिकरण, लकडाउन र जनसरोकारको विषयमा महानगर प्रमुख भीम पराजुलीसँग एलिट क्लब विराटनगरले छलफल गरेको अनलाईन संवादमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि महानगरपालिकालाई पीसीआरको दायरा बढाउनुपर्ने अनलाईन संवादमा सहभागीले सुझाव दिएका छन् ।

दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एकअर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइए निर्देशनको पालना नभएकाले निशेधाज्ञा गर्नुपर्ने सहभागीले बताएकाछन ।

नगरपालिकाले भिडभाड भएको ठाउ लगाएत महानगर भरी सेनिटाईज गर्न सुझाव दिएकाछन । अनलाइन संवादमा महानगर प्रमुख भिम पराजुलीले महानगर क्षेत्र भित्रमा १ प्रतिशत नगरवासीको पनि कोरोना परीक्षण गर्न नसकीएको बताउनुभयो ।

उहाँले महानगरले चालु आर्थिक वर्षमा विकासको वजेट कोरस्वाव संकलन देखी पिसिआर परीक्षणको महानगरले आफै गरेको र टेस्टमात्रै प्रदेशसरकारको ल्यावमा गर्ने गरेको भए पनि महानगरको आफ्नो आइृसोलेसन नभएको बताउनु भयो ।

विराटनगरमा समुदायस्तरमै कोरोना फैलीसकेको हुनाले प्रदेशसरकार अन्तरगर सामाजिक विकास मन्त्री जिवन घिमिरेको समन्वयमा लकडाउनको धारणा अनुसार लकडाउन गरीएको बताउनु भयो ।लकडाउनको पुर्णरुपमा पालना गराउन सबैले समन्वय गर्नुपर्ने बताउनुभयो । बोर्डर पुर्णरुपमा शिल गर्नुपर्ने पराजुलीले बताउनुभयो ।

महानगरको मात्रै दाईत्व नभएकोले स्थानिय सरकारले गरेको निर्णयलाई प्रदेश सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । जनताहरुलाई कोरोना संक्रमणबाट जोगाउन महानगरको मात्रै दाईत्व नभएकोले सबैले सहयोग नगरे लकडाउनको औचित्य नहुने पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button