कोरोना भाइरसको संक्रमण भएको भनिएका वीरगन्जका व्यक्तिको रिपोर्ट आउन बाँकी
विराटनगर, ९ चैत । वीरगन्जका एक जनालाई कोरोना भाइरसको संक्रमण भएको भन्ने विभिन्न माध्यममा समाचार आएका छन् । तर स्वास्थ्य मन्त्रालयले भने उहाँलाई कोरोना भाइरसको पुष्टि नभएको बताएको छ ।
भारतको पटनामा उपचार गराइरहेका ६२ वर्षीय शिवकुमार रुङ्गटाको अस्पतालले नै कारोनाको पुष्टि गरिनसकेको मन्त्रालयले जनाएको छ । उहाँ गएको २२ फेब्रुअरीमा भारत गएर एक हप्तामा फर्किएको बुझिएको छ ।
उहाँलाई मिर्गाैलाको समस्या भएकाले भारतबाट फर्केलगत्तै स्थानीय अस्पतालमा नियमित परीक्षणका लागि जाँदा अस्पतालले पटना अस्पतालमा रिफर गरेको थियो । तीन दिन अघि बिहीबार उहाँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको परीक्षण गरिएको र विस्तृत रिपोर्ट आउन दुई तीन दिन लाग्ने अस्पताल श्रोतले जनाएको छ ।