Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनुपर्छ : सामाजिक विकास मन्त्री घिमिरे

विराटनगर, १३ साउन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणबाट बच्नका लागि सचेतना आवस्यक रहेकोमा जोड दिनु भएको छ । उहाँले संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्ने समय आएको बताउनुभयो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । मन्त्री घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बृद्धि भएको बताउनुभयो ।

केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उहाँले बताउनुभयो । संक्रमण बढेसँगै सचेतना आवस्यक रहेकोमा उहाँको जोड छ । व्यक्ति आँफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोना संवन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा उहाँको जोड छ । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्ति सचेत हुने बेला आएको बताउनुभयो ।

निजि अस्पताल सञ्चालकहरुको संगठन अफिन का प्रदेश १ संयोजक डा सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँले होम आईसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताउनुभयो ।

मोरंगका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताउनुभयो । सीमामा सुरक्षा व्यवस्था कडा बनाईएको उहाँले बताउनुभयो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा। डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरंगका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगर कार्यबहाक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा। सुरेश मेहताले प्रदेश १ र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button