Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमणबाट सिरहाका एक युवकको मृत्यु

विराटनगर, २३ साउन । सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राति मृत्यु भएको जानकारी दिनुभयो ।

यादवका अनुसार दुवै मिर्गाैला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो ।

साउन २१ गते दिउसो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार डायलसिसकै क्रममा ती युवकको गएराती मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट युवकको शव सिरहा लाने तयारी भइरहेको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button