Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमितको संख्या प्रदेश १ मा १ सय ४ पुग्यो

विराटनगर, १४ जेठ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । आज १७ जना नयाँ संक्रमित थपिएका छन् । आज झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।कचनकवलका १९ देखि ५७ वर्ष उमेरका पुरुष र गौरादहका २६ र ४१ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

झापाका ५ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । गौरादहमा आज २ जना संक्रमण देखिएसँगै ५ वटा स्थानीय तहमा संक्रमण देखिएको हो ।

यसअघि झापाको कचनकवल, दमक, बार्हदशी, झापा गाउँपालिकामा संक्रमित देखिएका थिए । झापाको कचनकवलमा मात्र संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १र१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ बाट ३० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २७, झापाका २ र भोजपुरका १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button