Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित आमाछोराको बीपीमा मृत्यु

विराटनगर, १४ भदौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी उनीहरु आमा छोरा हुन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरू धरान–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन् ।

छोराको आज बिहान ७ बजेर ४५ मिनेटमा र आमाको साढे ८ बजे मृत्यु भएको हो । उनीहरूलाई हिजोे बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सापकोटाका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । अस्पताल ल्याइर्पुयाउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताउनुभयो । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् ।

धरान–१७ रेल्वेचोक बस्ने एकै घरका दुई जनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताउनुभयो। ‘मृतकको घरका कोही पनि विदेश गएका थिएनन् । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको चपेटामा उनीहरू परेको भटराईले बताउनुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button