Tune to BFM 91.2|Biratnagar

कोशी अस्पतालका बिरामी र कुरुवाहरुलाई मास्क वितरण

विराटनगर, १३ असोज । नेपाल फार्मासिस्ट अर्गानाइजेशन विराटनगरले कोशी अस्पताल विराटनगरमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा पुगेर अर्गनाइजेशनले अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई आज मास्क र सेनिटाइजर प्रदान गरिएको हो ।

लकडाउन सुरु भएदेखि नै नियमित रुपमा आमसर्वसाधारणलाई अर्गनाइजेशले मास्क र सेनिटाइजर निःशुल्क वितरण गर्दै आइरहेको कार्यक्रम संयोजक विश्वनारायण चौधरीले बताउनुभयो ।

उहाँले बिरामी र बिरामीका कुरुवाहरुलाई कोरोना रोगबाट सुरक्षित रहन मास्क र सेनिटाइजर प्रदान गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button