कोशी अस्पतालमा रिएजेन्ट अभाव

विराटनगर, १९ वैशाख । विराटनगरको कोशी अस्पतालमा कोरोना परीक्षण गर्ने ‘रिएजेण्ट’ अभाव भएको छ । अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट अभाव भएको बताईएको छ ।प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित उपचारारत छन ।

उदयपुरमा २८, झापामा २ र भोजपुरमा एकजनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भएपनि कोशी अस्पतालमा रिएजेन्ट अभाव भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिनुभयो ।

विगत केही दिनयता किट नहुँदा परिक्षणमा समस्या भएको उहाले बताउनुभयो । ‘सामान नहुँदा परीक्षण गर्दा समस्या भएको भन्दै ‘मन्त्रालयमा दुई पटक जानकारी गराएको उहाले बताउनुभयो । अटोमेटिक मेसिनमा प्रयोग हुने ‘आरएनए एक्ट्रयाक्टर किट’ परीक्षण थप झन्झटिलो बनेको उहाको भनाइ छ ।

‘मेसिनबाट एकै पटक ७२ जनाको परीक्षण गर्न सकिने उहाले बताउनुभयो । कोशी अस्पतालले हिजो साझसम्म ५ सय ८३ जनाको कोरोना परीक्षण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button