कोशी अस्पतालमा ४ जना नियुक्त

विराटनगर, २४ असार । कोशी अस्पताल विकास समितिको अध्यक्षमा विराटनगरका महेश भट्टराईलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा भट्टराई, कोशी अस्पताल विकास समिति सदस्यहरुमा मुकेश बुढाथोकी, देवा यादव र शिल्पा कार्कीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीले बताउनुभयो ।

असार २२ गतेको मन्त्रिस्तरिय निर्णयअनुसार कोशी अस्पताल विकास समिति ९गठन० आदेश २०७६ को दफा ३ को उपदफा २ ९घ० बमोजिम ३ वर्ष पदावधि रहने गरि नियुक्त गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button