Tune to BFM 91.2|Biratnagar

कोशी अस्पताललमा न्यूरो सर्जरी र आँखा उपचारसेवा विस्तार

विराटनगर २१ फागुन । विराटनगरस्थित कोशी अस्पतालमा थप सेवा विस्तार गरिएको छ । अस्पताललमा न्यूरो सर्जरी र आँखाको थप सेवा विस्तार गरिएको हो ।अस्पतालले अत्याधुनिक उपकरण जडान गरि न्यूरो सर्जरी र आँखा सम्बन्धी सेवाहरू सञ्चालनमा ल्याएको अस्पतालका सुपरिटेन्टेण्ड डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

न्यूरो सर्जरी सम्बन्धी उपचार न्यूरो सर्जन डा.रोशन खतिवडाको टिमले गर्ने गरेको छ । आँखा सम्बन्धीको उपचार अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अबिनास झाले गर्दै आउनुभएको छ । ‘अहिले आँखा सम्बन्धी सेवाको ओपीडी सुचारू भएको छ,’ मेसु दासले भन्नुभयो, ‘प्रारम्भिक चरणमा हप्तामा एक पटक आँखा सम्बन्धी समस्याको शल्यक्रिया हुने र अन्य दिन ओपीडी सेवा सञ्चालन हुनेछ ।

तत्काल अहिले माइनर सर्जरी हुने गरेको अस्पतालले जनाएको छ । थप इकुप्मेन्ट र जनशक्ति भएपछि अस्पतालले मोतियाबिन्दुलगायतका आँखाको सम्पूर्ण उपचार हुने मेसु दासले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button