कोशी कटानमा जीप खस्दा ६ जनाको मृत्यु

0
183

सुनसरी, असार १९ गते। सुनसरीको कोशी गाउँपालिका ४ स्थित कोशी कटानमा गएराती जीप खसेको छ। जिप खसेर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भेडेटारस्थित नमस्ते झरना घुमेर फर्कदै गरेको द्यच्–ण्ट–एद्य–टद्धज्ञड नम्बरको बोलेरो जीप राती साढे नौ बजेतिर अनियन्त्रित भई कटानस्थित पानीमा खसेको थियो। घटनास्थलमा प्रहरी टोली परिचालन भई स्काईभेटरको सहयोगमा जीप बाहिर निकालिएको थियो। उद्दारमा खटिएका प्रहरीले जीप भित्र तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक ६ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।। अन्य सात जनाको उद्दार गरी विराटनगर ल्याईएको छ। त्यस्तै अन्य घाइतेहरु भारत सुपौल बस्ने १० वर्षीय आदिप कुमार, सोही ठाउँका ३५ वर्षीय ललन कुमार, बर्ष ३० की कञ्चन कुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीपका चालक भारत ब्रहमपुरा १ बस्ने बर्ष २६ को सशिल कामत भने सकुशल रहेका छन्। उनलाइ प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिई राखिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here