कोसीमा खतराको घण्टी !

0
108

लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव निरन्तर बढिरहेको जनाइएको छ। कोसीले कटान गर्न सक्ने भन्दै बराहक्षेत्र नगरापलिकाको राजावास क्षेत्रमा बढी मात्रामा सतर्कता अपनाइएको छ। पहाडी जिल्लामा वर्षा नरोकिएको र कोसीको बहाव उच्च हुँदै गएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाका दर्जनभन्दा बढी स्थानमा क्षति हुन नदिन सेना, प्रहरीसहितको उद्धार टोली तयारी अवस्थामा रहेको हुदा कोसीले जुनसुकै बेला धार परिवर्तन गरी कटान गर्न सक्ने भन्दै भारतले पनि आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा सतर्कता अपनाएको जनाइएको छ । बराहक्षेत्रका मेयर नीलम खनालले कोसीमा खतरा बढेका कारण कोसीटप्पु वन्यजन्तु आरक्षमा साइरन जडान गरी त्यसबाट स्थानीयलाई सूचना दिने व्यवस्था गरिएको बताए । कोसीमा पानीको बहाव हिजो बाट प्रतिसेकेन्ड १ लाख ५६ हजार १ सय २० क्युसेक पुगेको छ । पानीको बहाव निरन्तर बढिरहे पनि कोसीका ५६ ढोकामध्ये २२ वटा मात्र खोलिएको हुदा भारतले सबै ढोका नखोल्ने गरेका कारण आसपासका क्षेत्रका बासिन्दा रातभर अनिँदै बस्नुपरेको प्रकाशपुरका नहकुल चन्द्रवंशीले बताए।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here