Tune to BFM 91.2|Biratnagar

कोसी अस्पतालमा मनपरी ढंगले जोखिम भत्ता वितरण

विराटनगर, २६ साउन । कोरोना महामारीका बेला विराटनगरको कोसी अस्पतालमा मनपरी ढंगले जोखिम भत्ता वितरण भइरहेको पाइएको छ । अस्पताल प्रशासनको मनोमानीका कारण कोरोना संक्रमणको समेत प्रवाह नगरिकन जोखिमपूर्ण तवरले काम गरिरहेका तल्ला स्तरका कर्मचारी भने जोखिम भत्ता पाउनबाट बञ्चित भइरहेका छन् ।

तर कोभिडको व्यवस्थापनमा खटिएको नाममा अस्पतालका पहुँचवाला सबै प्रशासनीक कर्मचारीले भने भत्ता लिइरहेको खुलेको छ । जोखिम मोलेर बिरामीको सेवामा अहोरात्र खटिने कर्मचारीलाई भने बेवास्ता गरिएको छ । अस्पतालको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा खट्ने चिकित्सक एवं कर्मचारीलाई तलबको ५० प्रतिशत मासिक भत्ता उपलब्ध गराउने गरेको छ । तर अस्पताल प्रशासनले आसेपासे र पहुुँचवाला एवं प्रशासनीक कर्मचारीका लागि मात्रै भत्ताका लागि मन्त्रालयमा सिफारिस गर्दा सयौँ बिरामीको भीडभाडभित्र जोखिमपूर्ण अवस्थामा काम गरिरहेका कर्मचारी भने ठूलो विभेदमा परेका छन् ।

कोसीमा ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । भीडभाड व्यवस्थापन, कोरोना संक्रमितदेखि लिएर अरु बिरामीको सेवामा खटिने क्रममा संक्रमित भएका कर्मचारीलाई भने भत्तामा भेदभाव भएको स्रोतले बतायो । त्यस्तै बिरामीको अत्याधिक भीडभाड हुने ओपिडी (बहिरंग विभाग), आकस्मिक कक्ष, बिलिङ काउण्टर, टिकट काउण्टर, कोरोना शंकास्पदको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने फिवर क्लिनिकमा खटिने कर्मचारी एवं कार्यालय सहयोगी, स्वीपर (सरसफाईकर्मी) लगायतलाई भने भत्ताविहीन बनाइएको छ । भत्ताबाट नियतवस बञ्चित गराइएको भन्दै कर्मचारीहरुले भने अस्पतालको काम र बिरामीको सेवा छाडेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button