कोसी ब्यारेजस्थित कन्ट्रोल रुम अगाडि केही वर्षअघि प्रदर्शन गर्दे कोसीपीडित

0
57

बैशाख २८ ।नेपाल–भारत कोसी सम्झौताअन्तर्गत कोसी कटानमा परेका जग्गाको मुआब्जा र बालीनालीको क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने माग पीडितले गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आइरहेका बेला सम्झौताबाट प्रभावितले लामो समयदेखि मुआब्जा नपाएको बताएका हुन् । सम्झौताअनुसार सप्तकोसी ब्यारेज निर्माणका कारण कटान तथा डुबानमा परेको जग्गा तथा बालीनालीको क्षतिपूर्ति भारतले दिनुपर्ने माग पीडितको छ । भारतले वर्षाैं बितिसक्दा पनि मुआब्जा उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।कोसीपीडित उत्थान समाजका अध्यक्ष कासिम अन्सारीले ब्यारेज निर्माण भएको ५० वर्षभन्दा बढी भए पनि क्षतिपूर्ति नपाएको गुनासो गर्दै भारतले तत्काल उपलब्ध गराउनुपर्ने बताए । सप्तकोसी नदीले कटान गरेको जग्गाको क्षतिपूर्ति दिन नेपाल र भारतीय अधिकारीले संयुक्त रूपमा ०६९ भदौ २४ गते भारत सरकारकै आग्रहमा सिफारिस गरेका थिए । सप्तकोसीले सप्तरी, सुनसरी र उदयपुरमा विभिन्न समयमा कटान गरी क्षति पुर्याएकामध्ये २०१८ देखि २०२८ सालसम्म कटान गरेको ७ हजार ६ सय ६३ बिघा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति सिफारिस भएको थियो । कोसी सम्झौताअनुसार कोसीले कटान गर्ने जग्गाको क्षतिपूर्ति भारत सरकारले दिने प्रावधान छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here