क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु

0
27

काठमाडौं, २६ पुस । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ । बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण बाढीले मुख्य राजमार्गसहितका सडकहरु अबरुद्ध भएका छन् । सडक अबरुद्ध हुँदा केही सवारी साधनलाई बाढीले बगाएको छ भने कतिपय बीच बाटोमै अलपत्र परेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here