क्रोएसिया र ईङल्याण्ड बिश्वकप फुटबलको सेमिफाईनलमा प्रबेश

0
99

क्रोएसिया र ईङल्याण्ड बिश्वकप फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन् । यी दुई राष्ट्रको प्रबेशसँगै जारी बिश्वकपको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । पहिलो सेमिफाईनलमा मंगलबार फ्रान्स र बेल्जियम तथा दोस्रो सेमिफाईनलमा बुधबार ईङल्याण्ड र क्रोएसिया भिड्नेछन् । गएराती आयोजक रसियाको चुनौतीलाई पन्छाउँदै क्रोएसियाले २० बर्षपछि सेमिफाईनलमा स्थान बनाएको छ । निर्धारित र थप गरिएको समयमा २ र २ को बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट खेलको निर्णय लिईएको थियो । गएराती नै स्विडेनलाई २–० ले हराउँदै ईङल्याण्डले अन्तिम चारमा स्थान बनायो । ३० औँ मिनेटमा मागुरेको गोलमार्फत अग्रता बनाएको ईङल्याण्डका लागी अलीले ५९ औँ मिनेटमा अर्काे गोल थप्दै टोलीको जित सुनिश्चित गरे । ईङल्याण्डले २८ बर्षपछि बिश्वकपको सेमिफाईनलमा स्थान बनाएको हो । बलमाथि ५८ प्रतिशत नियन्त्रण जमाएको ईङल्याण्डका थप अबसर भने खेर गएका थिए । स्विडेनले गोल गर्ने केही अबसर पाएपनि ईङलिस रक्षापंक्ति त्यसको बाधक बनेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here