खुकुरी प्रहार गरि पत्नीको हत्या

0
111

इलाम ११ जेठ । माइजोगमाइ–५ का ३८ वर्षीय मदन लिम्बूले हिजो बेलुका २६ वर्षीया पत्नी बिमला लिम्बूको खुकुरी प्रहार गरि हत्या गरेका छन् । बेलुका ७ बजेतिर घरायसी विवादका क्रममा लिम्बूले खुकुरी प्रहार गर्दा विमला घाइते भएकी थिइन् । छाती र पेटमा चोट लागेकी बिमलाको उपचार गर्ने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटना लगतै फरार रहेका लिम्बूलाई प्रहरीले आज बिहान घटना स्थल नजिकबाट गिरफ्तार गरेको छ । माइजोगमाइ –५ सोयाङ स्थायी घर भएका दम्पदी इलाम नगरपालिका–९ भञ्ज्याङमा डेरा गरि बस्दै आएको जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here