खुला व्यापार सम्झौता नगर्ने ईयूलाई अमेरिकाको चेतावनी

0
83

युरोपियन युनियनसँग सम्बन्ध विच्छेद पछिको बेलायती योजना अघि बढे खुला व्यापार सम्झौता गर्न नसक्ने अमेरिकाले चेतावनी दिएको छ । एकिकृत भन्सार संघ सहित ईयूसँग सहज व्यापारको सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको योजना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग गर्ने भनिएको सम्झौता अब युरोपियन युनियनसँग गर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले ट्रम्पको पहिलो बेलायत भ्रमणका क्रममा खुला व्यापार सम्झौता गर्ने प्रस्ताव गर्नुभएको छ । बेलायत र अमेरिकाबीच ब्रेग्जिट पछि नयाँ अवसरहरु बढ्ने मेको भनाई विपरित ट्रम्पले अमेरिकी अडान स्पष्ट पार्नुभएको हो । नेटो सम्मेलन पछि बेलायत पुगेका ट्रम्पले ब्रेग्जिट पछि ईयूसँग हुने सम्झौता जनमत सङग्रहको भावना विपरित रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रतिक्रियाका कारण ब्रेग्जिट पछि ठुला अर्थतन्त्र भएका मुलुक सँग व्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्रीको योजनामा धक्का पुगेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here