खोटाङमा स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने

0
153

खोटाङ, २५ पुस । खोटाङमा स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो ।” उहाँले भन्नुभयो, “झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा अनिवार्य यस्तो पोशाक लगाउने निर्णय गरिएको हो ।” पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न)समेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो (चिह्न) बनाउने तयारी गरिएको पनि जनाइएको छ ।
………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here