Tune to BFM 91.2|Biratnagar

खोलामा डुबेको अवस्थामा भेटियो शव

विराटनगर, २६ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित डाँस खोलामा हातमा माछा मार्ने जालको डोरी अड्किएको अवस्थामा शव फेला परेको छ ।

शव पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ६३ वर्षीय डम्बरसिंह राईको रहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो ।

उहाँकाअनुसार राई आइतबार बिहान माछा मार्न भन्दै जाल लिएर घरबाट निस्किएको खुलेको छ । घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । त्यस क्रममा खोलाको लगभग आठ फिट जति गहिरो दहमा डुबेर मृत्यु भइरहेको अवस्थामा राईको शव भेटिएको हो ।

हातमा जालको डोरी अड्किएको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । खोलामा हान्ने क्रममा जाल अड्किएको र तान्न खोज्दा दहतिरै हुत्तिएर परेपछि डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button