खोलामा डुबेर बालकको मृत्यु

0
103

झापा, जेष्ठ १४ गते । झापाको शिवसताक्षी नगरपालिका ७ स्थित हाट खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय धौले चौक बस्ने सरस्वती गौतमको १० वर्षीय छोरा किरण गौतमको खोलामा पौडी खेल्नेक्रममा आइतबार दिउँसो डुबेर ज्यान गएको हो। गौतमलाई स्थानीयवासीले खोलामा डुबेको देखेपछि बाहिर निकाली उपचारका लागी दमकस्थित लाईफ लाईन अस्पताल दमक लगेका थिए। बालकको सोही अस्पतालमा उपचारका क्रमममा साँझ ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here