गणतन्त्र दिवसको समारोहमा प्रहरी मात्रै

0
52

फिदिम १५ जेठ, एघारौं गणतन्त्र दिवस मनाउन फिदिममा मंगलवार विहान आयोजना गरिएको प्रभातफेरीमा जिल्लाका राजनैतिक दल र नागरिक सस्थाका प्रतिनिधिको उपस्थिति न्युन थियो ।जिल्ला समन्वय समितिका प्रमूख संयोजक रहने गणतन्त्र दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा फिदिम नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीले व्यानर वोके भने र्याली र त्यसपछि आयोजना गरिएको कोण सभामा प्रहरीकै उपस्थिति वाक्लो थियो ।पछिल्लो समय सरकारले लोकतन्त्र र गणतन्त्र दिवस जस्ता राष्टिय पर्वलाई कम महत्वमा राख्दै विदा कटौती गरेको आरोप लागिरहेका वखत गणतन्त्र प्राप्तीका लागि लडेका दलहरुले पनि यस्ता दिवस विर्सन थालेको नेपाल वार एशोसिएसन पाँचथर जिल्ला अदालत इकाइका पुर्व अध्यक्ष छवि वाँस्कोटाको टिप्पणी थियो ।सरकारी निकायले दिवसहरुलाई कर्मकाण्डी हिसावले लिँदै सूचना पर्वाहमा कन्जुस्याँई गर्दा नागरिक समाज र दलहरुको उपस्थिति न्युन हुने गरेको उनको आरोप छ ।जिल्ला समन्वय समिति पाँचथरका प्रमूख विष्णुप्रसाद सापकोटा भने दिवस मनाउने सर्कृलर माथिवाटै ढिला आएकाले तयारी गर्न नभ्याइएको वताँउछन । समितिले सोमवार साँझ मात्रै वैठक वसेर गणतन्त्र दिवसका सन्दर्भमा प्रभातफेरी सहितका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।कार्यक्रमवारे जानकारी नै नआएकाले आफुहरुले पर्याप्त कार्यकर्ता उपस्थिति गराउन नपाएको कांग्रेस पाँचथरका सचिव वृजहाङ आङदेम्वेले वताए । कार्यक्रममा शसस्त्र र जनपथ गरी करिव ३० कर्मचारी सहभागि थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here