Tune to BFM 91.2|Biratnagar

गाँजासहित एक यूवा विराटनगरबाट पक्राउ

विराटनगर, १८ भदौ । विराटनगर – ११ जनपथमार्गमा होटल संचालन गर्दै आएका एक जना युवक गाँजासहित पक्राउ परेका छन् । प्रहरीले विराटनगर ११ जनपथमार्ग ३९ वर्षिय भिम कामतलाई आज दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कामत विराटनगर –११ जनपथटोलस्थित स्कुल छेउमा होटल संचालन गर्दै आएका थिए ।

मोरङ प्रहरी र बखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठको टोलीले कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भुसले छोपेर राखेको अवस्थामा ३ केजी भन्दा बढी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको गाँजा पहाडी जिल्लादेखि ल्याएको खुलेको छ । प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि कामतले १ सय देखि २ सय रूपैयाँसम्मको प्याकेट बनाएर गाँजा बिक्री गर्ने गरेका थिए । उनी लागूऔषध प्रयोगकर्ता र गाँजाको पनि कारोबार गर्ने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका कामतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button