गाडीमा कालो सिसा दुरुपयोग

0
51

अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको छ । साना चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेको निष्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । नियमविपरीत कालो सिसा लगाउने सवारी साधनमाथि कडाइ गर्न थालिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए ।प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन निर्देशन दिएका छन् । उनका अनुसार सेतो सिसा भएकामा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ ।कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको घटनाक्रमले देखाइसकेको प्रहरीले जनाएको छ । डीआईजी रिजालले कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले भित्र अवैध सामान ओसारपसार, अपहरण, बलात्कार हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने भएकाले कालो सिसा प्रयोगमा कडाइ गर्ने काम भइरहेको बताए । सर्वाेच्च अदालतले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । पूर्वमा कालो सिसा लगाएर कुदाइएका १८ वटा निजी गाडी ट्राफिकको कारबाहीमा परेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here